शनिबार, कात्तिक २९, २०८२

रोहित जोन क्षेत्रीको नयाँ गीत ‘चाहना’ सार्वजनिक (भिडियोसहित)

नयाँ वर्ष २०२० को सुरुमै ‘बिदाइ’ गीत निकालेका क्षेत्रीका अनुसार ‘चाहना’ उनको तेस्रो एल्बमको दोस्रो गीत हो। प्रेमिकाप्रति समर्पित प्रेम गीत चाहनामा जीवनमा जतिसुकै अप्ठेरो आए पनि आफ्नो मायालुलाई सधैं साथ दिने भावना पोखिएको छ।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

काठमाडौं– गायक रोहित जोन क्षेत्रीले आफ्नो नयाँ गीत ‘चाहना’ युट्युबमार्फत् सार्वजनिक गरेका छन्। सन् २०१३ मा ‘बिस्तारै बिस्तारै’ सार्वजनिक गरेका क्षेत्रीले त्यसयता ‘बिस्तारै बिस्तारै’ र ‘झरीपछिको इन्द्रेणी’ एल्बम सार्वजनिक गरिसकेका छन्।

National life

नयाँ वर्ष २०२० को सुरुमै ‘बिदाइ’ गीत निकालेका क्षेत्रीका अनुसार ‘चाहना’ उनको तेस्रो एल्बमको दोस्रो गीत हो। प्रेमिकाप्रति समर्पित प्रेम गीत चाहनामा जीवनमा जतिसुकै अप्ठेरो आए पनि आफ्नो मायालुलाई सधैं साथ दिने भावना पोखिएको छ।

गीतमा शब्द र संगीत पनि गायकले नै तयार पारेका हुन्। जेम्स खत्रीको निर्देशन रहेको गीतको भिडियो समीर ताम्राकार र निरन्जन महर्जनले खिचेका छन्। गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ विनय अमात्यले गरेका हुन्।

प्रकाशित: Feb 24, 2020| 12:28 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्