बिहीबार, वैशाख ३१, २०८३

सनी हिन्दुस्तानीले जिते इन्डियन आइडल ११ औं संस्करणको उपाधि

इन्डियन आइडलको ११ औं संस्करणको उपाधि पञ्जावका सनी हिन्दुस्तानीले जितेका छन्।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

मुम्बई– इन्डियन आइडलको ११ औं संस्करणको उपाधि पञ्जावका सनी हिन्दुस्तानीले जितेका छन्।

National life

आइतबार राति सम्पन्न ग्रान्ड फिनालमा चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन्। उनले उपाधिसँगै २५ लाख भारू पुरस्कार जितेका छन्।

उपाधि जितेपछि २१ वर्षीय सनीले इन्डियन आइडल जित्ने सपना पूरा भएको बताए। उनले भने, “मेरी आमाको अनुहारमा मुस्कान देखेर म धेरै खुसी छु। इन्डियन आइडललाई धन्यवाद !”

प्रतियोगितामा रोहित राउत दोस्रो र ओन्कना मुखर्जी तेस्रो भए। उनीहरूले जनही पाँच लाख भारू पुरस्कार पाए।

यस्तै, अद्रिज घोष चौथो र रिधम कल्याण पाँचौं भए।

प्रकाशित: Feb 24, 2020| 11:55 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्