बिहीबार, वैशाख ३१, २०८३

मिका सिंहकी म्यानेजरको रहस्यमय मृत्यु

चर्चित भारतीय गायक मिका सिंहकी म्यानेजरको रहस्यमय मृत्यु भएको छ।
 |  शनिबार, फागुन १०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १०, २०७६

काठमाडौं- चर्चित भारतीय गायक मिका सिंहकी म्यानेजरको रहस्यमय मृत्यु भएको छ।

National life

गायक सिंहकी म्यानेजर सौम्या खानको शुक्रबार रहस्यमय मृत्यु भएको हो। कतिपयले उनले आत्महत्या गरेको बताए पनि प्रहरीले घटना के हो भन्ने पुष्टि गरिसकेको छैन।

पुलिसले सौम्याको आत्महत्याबारे कुनै पनि सूचना फेला पार्न नसकेको जनाएको छ।

कतिपयले उनले अत्यधिक मात्रामा लागूऔषध सेवन गरेका कारण मृत्यु भएको जनाएका छन्।

एक भारतीय सञ्चारमाध्यमले सौम्याले मुम्बईको अँधेरीमा निन्द्राको औषधि अधिक मात्रामा सेवन गरी आत्महत्या गरेको उल्लेख गरेका छन्।

सौम्याको शव पञ्जाबमा रहेका आफन्तको जिम्मा लगाइएको छ।

प्रकाशित: Feb 22, 2020| 16:08 शनिबार, फागुन १०, २०७६
प्रतिक्रिया दिनुहोस्