काठमाडौं– चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइरहेका कलाकार दम्पती सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टीभाइरस’ आजदेखि प्रदर्शनमा आएको छ।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रले राजनीतिक–सामाजिक विषय उठान गरेको छ । चलचित्रमा सीतारमा कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, बुद्धि तामाङ मुख्य भूमिकामा छन् ।
चलचित्रबाट प्राप्त नाफाको ५० प्रतिशत रंगशाला निर्माणमा खर्च गर्ने कलाकारद्वय धुर्मुस र सुन्तलीले बताएका छन् ।
आजदेखि नै सोसल रोमान्टिक कमेडी बलिउड चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’ पनि रिलिज भएको छ। चलचित्रमा आयुष्मान खुराना र भूमि पेडनेकर मुख्य भूमिकामा छन्।
अर्को नेपाली चलचित्र ‘आमा’ पनि आजदेखि नै हलमा लागेको छ । ‘आमा’ लाई दीपेन्द्र के खनालले निर्देशन, लेखन र छायांकन गरेका हुन्। चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरी मुख्य भूमिकामा छन्।