शुक्रबार, फागुन १५, २०८२

प्रचण्डकी नातिनीको गीतमा कार्टुन क्रुको डान्स

गायिका स्मिता दाहाल र गायक सरोज ओलीको स्वरमा रहेको नयाँ गीत ‘कमेरोले पोतेको दुई तलाको घर’ सार्वजनिक भएको छ। गज्जबको टिभी युट्युबमार्फत बुधबार सार्वजनिक गीतमा स्वर दिने स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् ।
 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६

काठमाडौं - गायिका स्मिता दाहाल र गायक सरोज ओलीको स्वरमा रहेको नयाँ गीत ‘कमेरोले पोतेको दुई तलाको घर’ सार्वजनिक भएको छ। गज्जबको टिभी युट्युबमार्फत बुधबार सार्वजनिक गीतमा स्वर दिने स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् ।

National life

गीतलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेका हुन्। गीतमा कार्टुन क्रुका कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मा तथा चर्चित युट्युबर जिवेश गुरुङको अभियन रहेको छ । थपलियाको शब्द रहेको यसअघिको ‘माछीले खाने खोली लेउ’ गीत पनि चर्चित छ। जसमा कार्टुन क्रुकै अभिनय रहेको थियो।

‘कमेरोले पोतेको दुई तलाको घर’ गीतमा दिपक शर्माको संगीत रहेको छ। एरेन्जमा उदयराज पौडेल, मिक्सिङ श्याम स्वोयत रसाइलीको रहेको छ। नवराज उप्रेतीले छायांकन गरेको गीतको सम्पादन अमन मानन्धरले गरेका हुन्। रंग संयोजक रेनिश फागो र कोरियोग्राफर विक्रम सुनार रहेको गीतलाई गायक सरोज ओलीले निर्देशन गरेका छन्। शुटिङ कोर्डिनेटर बालकृष्ण ओली रहेको गीतलाई शुभ मिडिया होमले निर्माण गरेको हो।

गीतको भिडियोको शुटिङ झापाको धुलावारी, मागुरमाडीमा परम्परागत घरहरु निर्माण गरि अत्याधुनिक प्रविधि प्रयोगसहित गरिएको निर्देशक ओलीले जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 20, 2020| 17:46 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्