सुर्खेत- डोल्पाका ४१ जना जनप्रतिनिधिले एमाले छोडेका छन्। सोमबार ठूलिभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीसहित ४१ जनाले एमाले छाडेका हुन्।
उनीहरुले सोमबार निर्वाचन कार्यालय पुगेर नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जानकारी दिए।
एमाले छोड्नेहरुमा नगरप्रमुख शाही, ८ जना वडाध्यक्ष, चार जना जिल्ला समन्वय समितिका सदस्य, १० जना वडा सदस्य, ७ जना महिला सदस्य, ६ जना दलित महिला सदस्य र ५ जना कार्यपालिका सदस्य छन्।