सोमबार, जेठ १८, २०८३

माओवादीले तोक्‍यो प्रदेश १ का जिल्ला नेतृत्वको जिम्मेवारी

नेकपा माओवादी केन्द्रले प्रदेश समितिले जिल्ला सम्मेलनसम्मका लागि नेताहरुको कार्यविभाजन गरेको छ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

विराटनगर- नेकपा माओवादी केन्द्रले प्रदेश समितिले जिल्ला सम्मेलनसम्मका लागि नेताहरुको कार्यविभाजन गरेको छ। सोमबार बसेको प्रदेश समिति कार्यालयको बैठकले विभिन्‍न जिल्लामा नेताहरुलाई सहइञ्‍चार्ज र संयोजकहरु जिम्मेवारी दिने निर्णय गरेको हो । 

National life

बैठकले पाँचथरमा हर्कबहादुर नेम्वाङलाई सहइञ्‍चार्ज र होमबहादुर जबेगुलाई संयोजकको जिम्मेवारी दिएको छ। माओवादी केन्द्रले ताप्लेजुङ्गको संयोजकको जिम्मेवारी विजयप्रकाश बनेमले पाएका छन्। इलाममा हर्कबहादुर लावती र टीका घिमिरे सहसंयोजक बनेका छन् भने सोममाया राई जिल्ला संयोजक भएकी छन्।

माओवादी केन्द्रले झलकसिंह दर्लामीलाई झापा जिल्लाको सहइञ्‍चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ भने झापा संयोजकको जिम्मेवारी मनिकुमार राईले पाएका छन्। मोरङमा प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाले सहइञ्‍चार्जको जिम्मेवारी पाएका छन् भने गणेश उप्रेती जिल्ला संयोजक बनेका छन् । सुनसरीमा मुक्साहाङ मेन्याङबो र शिबकुमार डाँगी सहइञ्‍चार्ज भएका छन् भने योगेन्द्रप्रसाद मण्डल संयोजक बनेका छन्।

 यसैगरी धनकुटा सहइञ्‍चार्जमा धनमाया बिकलाई जिम्मेवारी दिइएको छ भने ऋषिराम ढुंगानाले संयोजकको जिम्मेवारी पाएका छन् । संखुवासभामा रिपुप्रसाद राई, इन्दिरा मिश्र र थानप्रसाद अधिकारी सहइञ्‍चार्ज बनेका छन् भने संयोजकमा कृष्ण जीमी याक्खालाई जिम्मेवारी दिइएको नेकपा माओवादी प्रदेश समितिले जानकारी दिएको छ। 

भोजपुर जिल्ला सहसंयोजकको जिम्मेवारी दिलकुमार राईले र संयोजकको जिम्मेवारी नगेन्द्र भुजेलले पाएका छन्। यस्तै खोटाङ सहइञ्‍चार्जमा धुर्ब बुढाथोकीलाई र संयोजकमा देवन चाम्लिङ्ग राईलाई दिने निर्णय माओवादी केन्द्रले गरेको छ। ओखलढुंगामा प्रदेशसभा सदस्यसमेत रहेका मोहनकुमार खड्का संयोजक बनेका छन्। 

Shivam cement

माओवादी केन्द्रले उपयपुरमा तीन जना इञ्‍चार्ज बनाएको छ । उदयपुरमा भीमबहादुर अधिकारी, मोहनबहादुर खत्री र राजन किराँती सहइञ्‍चार्ज बनेका छन् भने विनोद कटुवालले जिल्ला संयोजकको जिम्मेवारी पाएका छन्।

 नेकपा माओवादी केन्द्रले विराटनगर महानगरपालिको सहइञ्‍चार्जमा हेमबहादुर कार्कीलाई जिम्मेवारी दिएको छ भने भोगेन्द्र यादवलाई संयोजक र नमिता न्यौपानेलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ।

प्रकाशित: Sep 06, 2021| 19:42 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।