सोमबार, चैत ९, २०८२

लयमा फर्किंदै म्यानचेस्टर सिटी

 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६

म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा वेस्टह्याममाथि जित निकालेको छ। घरेलु मदान सिटी अफ म्यान्चेस्टर स्टेडियममा भएको खेलमा सिटीले वेस्टह्याममाथि २–० गोलअन्तरले जित निकालेको हो।

National life

घरेलु टोली सिटीका तर्फबाट रोड्री र केभिन डि ब्रुइनले गोल गरेका थिए।
खेलमा सुरुबाटै दबाब बनाएको सिटी पूरै समय लयमा देखिएको थियो। चौथो र १४ औं मिनेटमै पनि ग्याब्रियल जिससले गोलको राम्रा अवसरहरु पाएका थिए। खेलको ३० औं मिनेटमा डि ब्रुइनको पासमा रोड्रीले गोल गर्दै सिटीलाई अग्रता दिलाए। सो अग्रतासँगै सिटी पहिलो हाफमा १ गोलले अगाडी रह्यो।

दोस्रो हाफमा १ गोल थप्दै सिटीले अग्रतालाई दोब्बर बनाएको थियो। खेलको ६२ औं मिनेटमा डि ब्रुइनले गोल गर्दा म्यानचेस्टर सिटीले २(० को जित निकाल्न सफल भयो।

साविक विजेतासमेत रहेको म्यान्चेस्टर सिटीले लगातार सात खेल जितेर खेलको लयमा फर्किएको छ। उसले गएको सिजन लिभरपुललाई एक अंकले पछि पार्दै प्रिमियर लिग जितेको थियो।

जितसँगै २६ खेलमा १७ जित ३ बराबरी र ६ हार ब्यहोरेको म्यानचेस्टर सिटी ५४ अंक सहित अंकक तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानमा अपराजित लिभरपुल छ। उसको ७६ अंक छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 20, 2020| 08:13 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।