बुधबार, असार ३१, २०८३

लिभरपुल पराजित

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा साविक विजेता लिभरपुल पराजित भएको छ।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

मड्रिड– युरोपियन च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा साविक विजेता लिभरपुल पराजित भएको छ।

प्रिमियर लिगको जारी सिजनमा अपराजित रहँदै आएको लिग लिडर लिभरपुल च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो लेगमा एथ्लेटिको मड्रिडसँग ०–१ ले पराजित भएको हो।

एथ्लेटिको मड्रिडको घरेलु मैदान वान्डा मेट्रोपोलिटानो स्टेडियममा भएको खेलको सुरुवाती समयमै गरेको गोल एथ्लेटिको मड्रिडको जितका लागि निर्णायक बन्यो। खेलको चौथो मिनेटमै सउल निग्विजले गोल गरे।

खेलको सुरुमै पछि परेको लिभरपुलले खेलमा फर्कन प्रयास गरे पनि खेलमा फर्कन सकेन। २६ औं मिनेटमा मोहम्मद सलाहले गोल गरे पनि उनको गोल मान्य भएन। फिरमिनोको अफसाइडका कारण रेफ्रीले गोल करार दिएनन्। त्यस्तै ७१ औं मिनेटमा हेन्डरसनको प्रहार पोस्टको नजिकैबाट बाहिरिएको थियो।

दोस्रो लेग मार्च ११ मा लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ। त्यो खेलमा लिभरपुलले एकभन्दा धेरै गोलअन्तरले जित निकालेको खण्डमा मात्र अर्को राउन्डमा जान पाउने छ। अन्यथा एट्लेटिको मड्रिडले अन्तिम ८ मा स्थान पाउने छ।

पछिल्लो सिजन पनि लिभपरपुल बार्सिलोनासँग क्याम्प नाउमा ३–० गोलले पछि परेको थियो। तर, दोस्रो लेगको खेलमा ४–० ले जित निकाल्दै उसले च्यम्पियन्स लिगको फाइलनको यात्रा तय गरेको थियो।

लिभरपुलको अवे खेल कमजोर देखिँदै आएको छ। पछिल्लो सिजनयता च्याम्पियन्स लिगको अवे खेलमा लिभरपुलले १० खेलमध्ये ६ खेलमा हारको सामना गरिसकेको छ भने ४ खेलमा जित निकालेको छ।

प्रकाशित: Feb 19, 2020| 07:56 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।