बुधबार, असार ३१, २०८३

नेयमारको गोलले टरेन पीएसजीको हार

च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को मंगलबार राति सम्पन्न खेलमा पेरिस जेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

डर्टमुन्ड– च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को मंगलबार राति सम्पन्न खेलमा पेरिस जेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ।

बोरुसिया डर्टमुन्डका इर्लिङ ब्रुट हाल्यान्डको दोहोरो गोलसँगै पीएसजी पराजित भएको हो।

पहिलो लेगको खेलमा पीएसजीका तर्फबाट नेयमारले गोल गरे पनि टोलीलाई खेलमा फर्काउन सकेनन्।

डर्टमुन्डको वेस्टफलेन स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ६९औं मिनेटमा १९ वर्षे फरवार्ड हाल्यान्डले गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाए। तर, ब्राजिलियन फरवार्डले नेयमारले ७५ औं मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याए। उनको गोलका लागि अर्का फरवार्ड केलियन एम्बाप्पेले एसिस्ट गरे।

खेल बराबरीमा आएको दुई मिनेटमै गोल गरेर हाल्यान्डले डर्टमुन्डलाई पुनः अग्रता दिलाए। सो अग्रतासँगै पिएसजीले १–२ गोलअन्तरले हारको सामना गर्नुपरेको छ।

मार्च १३ मा पीएसजीको घरेलु मैदानमा हुने दोस्रो लेगको खेलमा उसले एकभन्दा धेरै गोलअन्तरले जित निकालेको खण्डमा पीएसजी च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्नेछ।

सो खेल ड्र भएमा वा डर्टमुन्डले जितेमा डर्टमुन्ड अर्को राउन्डमा प्रवेश गर्ने छ।

प्रकाशित: Feb 19, 2020| 07:44 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।