बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • हिमेश पन्त कमेडी च्याम्पियनको टप थ्रीमा, क्रिकेट रंगशालालाई दिए २५ हजार

हिमेश पन्त कमेडी च्याम्पियनको टप थ्रीमा, क्रिकेट रंगशालालाई दिए २५ हजार

अन्य तीनजना मध्ये अर्को हप्ता भोटिङबाट एकजना आउट हुनेछन्। बढ भोट ल्याउने दुईजना र पन्तबीच उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

National life

काठमाडौं– हिमेश पन्त कमेडी च्याम्पियन रियालिटी शोको टप थ्रीमा पुगेका छन्। निर्णायकहरुले उनलाई सोझै टप थ्रीमा छानेका हुन् । राउण्ड अफ द विकमा छानिएपछि पन्त सिधै फाइनलमा पुगेका छन्।

अन्य तीनजना (विष्णुप्रसाद गौडेल, सुमन कोइराला र खड्गबहादुर पुन मगर) मध्ये अर्को हप्ता भोटिङबाट एकजना आउट हुनेछन्। बढ भोट ल्याउने दुईजना र पन्तबीच उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसैबीच, पन्तले टप थ्रीमा पुगेबापत पाएको २५ हजार रुपैयाँ चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई प्रदान गरेका छन्। कमेडी च्याम्पियनको सेटमा आएका सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई उनले सो रकमको चेक हस्तान्तरण गरेका थिए।

प्रकाशित: Feb 19, 2020| 00:40 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्