बुधबार, असार ३१, २०८३

धोनी मार्च १ बाट चेन्नाई क्याम्पमा जाने

इन्डियन प्रिमियर लिग(आईपीएल)को १३ औं सिजन आउँदो मार्च २९ बाट सुरु हुँदै छ। भारतीय मिडियाका अनुसार चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी १ मार्चबाटै टिममा जोडिने छन्।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

भारत - इन्डियन प्रिमियर लिग(आईपीएल)को १३ औं सिजन आउँदो मार्च २९ बाट सुरु हुँदै छ। भारतीय मिडियाका अनुसार चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी १ मार्चबाटै टिममा जोडिने छन्।

धोनी गतवर्ष भएको आईसीसी एक दिवसीय विश्वकपपछि क्रिकेट प्रतियोगिताबाट टाढै छन्। त्यो खेलमा भारतीय टोलीले न्यूजिल्याण्डसँग सेमीफाइनलमा हारको सामना गरेको थियो। धोनीले सो प्रतियोगितापछि क्रिकेट खेलमा ब्रेक लिएका छन्।

आईपीएलका अनुसार, ‘धोनी १ मार्चबाट अभ्यासको लागि क्याम्पमा आउने छन्। केही हप्ताको अभ्यासपछि उनी ४/५ दिनको छुट्टीमा रहने छन्। अनी आईपीएल सुरु हुनुभन्दा केही दिन अघि मात्र पुनः टिममा जोडिने छन्।’

धोनी यति छिटो कहिल्यै पनि टिमको क्याम्पमा जोडिएका थिएनन्। पछिल्ला धेरै सिजनमा उनी प्रतियोगिता सुरु हुनुभन्दा केही दिन पहिले मात्र टिममा सहभागी हुने गर्थे।

धोनी विश्वकप पछि एक पटक मात्र अभ्यास गरिरहेका देखिएका थिए। उनले १६ जनवरीमा राँचिमा अभ्यास गरेका थिए। मार्च १ बाटै सुरु हुने क्याम्पमा टिमका २४ खेलाडीमध्ये धोनीसहित १५ अथवा १६ खेलाडी आउने छन् भने अन्य खेलाडी मार्चको दोस्रो साताबाट अभ्यासमा आउने छन्। खेलाडीले ३/४ अभ्यास खेल पनि खेल्ने भएका छन्।

चेन्नाइको पहिलो खेल २९ मार्चमा मुम्बईसँग छ।

प्रकाशित: Feb 18, 2020| 18:15 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।