काठमाडौं - युरोपियन च्यम्पियन्स लिगको अन्तिम १६ का खेलहरु मंगलबार रातिबाट सुरु हुँदैछन्।
पहिलो लेगको खेलमा मंगलबार राति पौने २ बजे एट्लेटिको मड्रिडसँग साविक विजेता लिभरपुल भिड्दै छ भने अर्को खेलमा डर्टमन्डले पिएसजीको सामना गर्दै छ।
एट्लेटिकोसँग भिड्ने लिभरपुलले पहिलो लेगको खेल उसकै घरेलु मैदानमा खेल्दै छ। यस्तै अर्को खेल भने जर्मन टोली डर्टमन्डको घरेलु मैदान वेस्टफलेन स्टेडियममा हुने छ। ग्रुप स्टेजका अन्तिम खेल डिसेम्बर १२ मा सकिएका थिए।
वान्डामै जितेको थियो लिभरपुलले फाइनल
साविक विजेता लिभरपुलले अघिल्लो सिजनको फाइनल प्रिमियर लिगकै टोली टोटनहमसँग खेलेको थियो। उसले सो खेलमा टोटनहमलाई २–० ले हराउँदै च्याम्पियन्स लिगको उपाधि उचालेको थियो। स्पेनमा भएको सो खेलपछि लिभरपुलले जितको श्रृंखलामा खासै चुक्नु परेको छैन। उसले फाइलन जितेको वान्डा मेट्रोपोलिटानो स्टेडियममै अन्तिम १६ को पहिलो लेगको खेल खेल्दै छ।
के भन्छन एट्लेटिकोका प्रशिक्षक?
ब्राजिलियन फरवार्ड फिलिप काउटिन्हो लिभरपुलबाट बार्सिलोना गएपछि लिभरपुल अझै राम्रो भएको एट्लेटिको मड्रिका प्रशिक्षक डियागो सिमेवनले बताएका छन्। अर्जेन्टिनी टोलीलाई प्रशिक्षण गराइसकेका सिमेवनले ब्रजिलियन खेलाडी बेगरै लिभरपुल झन दह्रो भएको बताएका हुन्।
काउटिन्हो सन् २०१८ मा ठूलो मूल्यमा स्पेनिस क्लब बार्सिलोना गएका थिए। उनी हाल लोनमा वायर्न म्युनिखमा छन्। उनी आउँदो जुन ३० सम्म वायर्नमै रहने छन्।
सिमेवनले भने, ‘लिभरपुर निकै तिव्र रुपमा खेल्छ, समयसान्दर्भिक रुपमा टोलीलाई प्रशिक्षण दिन योर्गेन क्लोप माहिर छन्। मैले लिभरपुललाई राम्रो प्रतिस्पर्धीका रुपमा मानेको छु।’
च्याम्पियन्स लिग पुग्ने पहिलो टोली लिभरपुल
जारी सिजनको इङ्लिस प्रिमियर लिगमा अपराजित रही लिभरपुलले आउँदो सिजनको च्याम्पियन्स लिगमा पनि स्थान बनाइसकोको छ। म्यान्चेस्टर सिटी सहभागी नहुने सो लिगमा यदी सिटी पनि लिगको चौथो स्थानभन्दा माथि रहे पाँचौं टोलीले आउँदो सिजनको च्यापम्पियन्स लिग खेल्ने अवसर पाउने छ।
अहिलो पाँचौं स्थानमा रहेको टोटनहमको ४० अंक छ। यदी लिभरपुलले आउँदो १२ खेलमा सबै हार्यो र टोटनहमले सबै खेल जितेमा पनि लिभरपुल पाँचौ स्थानभन्दा तल झर्ने सम्भावना छैन। छैटौं हुने टोलीले जारी सिजनको सबै खेल खेल्दा पनि लिभरपुललाई भेट्न सक्दैन। त्यसैले लिभपरपुलले च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।