शनिबार, कात्तिक २९, २०८२

दोलखामा स्कुल बनाउन नेपथ्यको कन्सर्ट

सांगीतिक ब्यान्ड नेपथ्यले काठमाडौंमा कन्सर्ट आयोजना गरेर त्यसमा उठेको पैसाले दोलखामा एउटा विद्यालय भवन बनाइदिने भएको छ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं– सांगीतिक ब्यान्ड नेपथ्यले काठमाडौंमा कन्सर्ट आयोजना गरेर त्यसमा उठेको पैसाले दोलखामा एउटा विद्यालय भवन बनाइदिने भएको छ।

National life

कन्सर्ट आगामी फागुन १७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ। उठेको सम्पूर्ण रकम विद्यालय निर्माणमा समर्पित गरिने कन्सर्टलाई ‘शिक्षाका लागि संगीत’ नाम दिइएको छ।

‘हेल्प नेपाल नेटवर्क’ सँग मिलेर गर्न लागिएको कन्सर्टबाट उठेको रकम भीमेश्वर नगरपालिका–२ स्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको भवन बनाउन उपयोग गरिनेछ।

विनाशकारी भूकम्पका बेला नेपथ्य ब्यान्डले प्रधानमन्त्री राहत कोषमा स्वदेश तथा विदेशमा आयोजित कन्सर्टबाट उठेको झन्डै चालीस लाख रुपैयाँको योगदान दिएको थियो ।

त्यसैको निरन्तरता यो कन्सर्ट पनि भएको जानकारी ब्यान्ड व्यवस्थापन गर्दै आएका किरणकृष्ण श्रेष्ठले दिए।

Laxmi sunrise bank
kumari

हेल्प नेपाल नेटवर्कका निर्देशक रोशेन्द्रध्वज खड्का भन्छन्, ‘हामीसँगको सहकार्यमा नेपथ्यको आगामी कन्सर्टले केटाकेटीको सपनालाई पखेटा, ती साना आत्मालाई आशा र दोलखालाई जीवन्तता प्रदान गर्ने भएको छ।’

‘नेपथ्यले आफूलाई मनोरञ्जनमा मात्र सीमित नराखेर सामाजिक दायित्वका क्षेत्रमा पनि धेरै अघिदेखि अग्रस्थानमा उभ्याउँदै आएको ब्यान्डका मुख्य गायक अमृत गुरुङले बताए।

 

प्रकाशित: Feb 18, 2020| 14:37 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्