बुधबार, चैत १५, २०७९

सञ्‍चार विधेयकबारे ध्यानार्कषण भएको छ : सभामुख घर्ती

लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले संसदमा दर्ता भएको सञ्‍चारसम्बन्धी विधेयक मिडियामैत्री बनाउने सवालमा आफूहरुको ध्यानआर्कष्ण भएको बताएका छन्। उनले प्रेससम्बन्धी कानुन निर्माणमा पत्रकारहरुको सुझावलाई मनन गरिने बताए।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

बुटवल- लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले संसदमा दर्ता भएको सञ्‍चारसम्बन्धी विधेयक मिडियामैत्री बनाउने सवालमा आफूहरुको ध्यानआर्कष्ण भएको बताएका छन्। उनले प्रेससम्बन्धी कानुन निर्माणमा पत्रकारहरुको सुझावलाई मनन गरिने बताए।  

National life insurance

प्रेस संगठन नेपाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको तीज विशेष तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले यसअघि पनि पत्रकारहरुको सुझाव अनुसार नै काम गरिएको बताए। ‘पत्रकारहरुको सुझावलाई मनन गरेर कानुन निर्माण गरिनेछ’ उनले भने। उनले सञ्‍चारमाध्यम आफैँ पनि समस्यामा रहेको बताउँदै अब प्राविधिक रुपमासमेत आफूलाई समयानकुल बनाउनुपर्ने बताए। 

तीजका सन्दर्भमा आयोजना गरिएको उक्त कार्यक्रममा सभामुख घर्तीले चाडपर्व समयानुकल परिवर्तन हुनुपर्ने तर, परिवारलाई लाज लाग्‍ने खालका प्रवृत्तिलाई संस्कार भने बनाउन नहुने उनको भनाइ छ । कार्यक्रममा लुम्बिनी प्रदेशका अर्थ तथा आन्तरिक व्यवस्था मन्त्री कृष्णध्वज खड्काले संस्कृतिहरू समय अनुसार बदलिँदै जाने भएकोले त्यसलाई बैज्ञानिक बाटोतर्फ मोड्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा बोल्ने क्रममा संविधानसभा सदस्य विनोद पहाडी, पत्रकार डा. बालकृष्ण चापागाईं, पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरि, रुपन्देही अध्यक्ष रामराज पोखरेल पोखरेल, प्रेस संगठन रुपन्देहीका अध्यक्ष कमल रायमाझीले सञ्चारमाध्यम सम्बन्धी विधेयक नसच्चाए आन्दोलनमा उत्रने चेतावनी दिएका थिए। 


प्रकाशित: Sep 06, 2021| 06:43. 34 सोमबार, भदौ २१, २०७८

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।