बुधबार, असार ३१, २०८३

एकदिवसीय वरीयतामा नेपालको एक स्थान सुधार

नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा एक स्थान सुधार गरेको छ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं– नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा एक स्थान सुधार गरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जारी गरेको नयाँ वरीयता क्रममा नेपाल १६ औं स्थानमा छ। यसअघि नेपाल १७ औं स्थानमा थियो।

नयाँ वरियतामा बेलायत शीर्ष स्थानमा छ। त्यस्तै, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्यान्ड छ। दक्षिण अफ्रिका र अस्ट्रेलिया क्रमशः चौथो र पाँचौंमा छन्।

नामिबिया, युनाइटेड अरब इमिरेट्स (युएई), अमेरिका र पपुवा न्युगिनी नेपालभन्दा पछाडि छन्।

टी–२० मा भने नेपाल १२ औं स्थानमा यथावत् छ।

सन्दीप लामिछाने र करण केसीको स्थानमा परिवर्तन आएको छ। बलिङतर्फ सन्दीपले एक स्थान सुधार गर्दै ८४ औं स्थान पाएका छन् भने करणले एक स्थान सुधार गरेर ७४ औं स्थानमा पुगेका छन्।

सन्दीपले केही दिनअघि सम्पन्न नेपाल, अमेरिका र ओमन सम्मिलित त्रिकोणात्मक शृंखलामा ८ विकेट लिएका थिए भने करण एक खेलमा म्यान अफ दि म्याच भएका थिए।

शृंखलामा नेपालले अमेरिकाविरुद्धको दुई खेल जित्दा ओमनसँगका दुई खेलमा पराजित भएको थियो।

प्रकाशित: Feb 18, 2020| 14:21 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।