शनिबार, कात्तिक २९, २०८२

मिस कल्चर नेपालको विजेता बनिन् प्रतीक्षा बास्तोला

 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

पोखरा- छैटौं नेपाल आइस मिस कल्चर नेपाल २०२० को उपाधि हेम्जाकी प्रतीक्षा बास्तोलाले हात पारेकी छन्। उनले मस्ट कन्फिडेन्ट टाइटल समेत हात पारिन्।

National life

पुष्पाञ्जली फेसन एन्ड इभेन्ट द्वारा आयोजित कार्यक्रममा फस्ट रनर अफ सपना गौतम, सेकेन्ड रनर अप सुहाना क्षेत्री, थर्ड रनर अप करुणा पौडेल र बिबिका लामिछाने, भ्युवर च्वाइस सुस्मिता पौडेल, अर्गनाइजर च्वाइस प्रतीक्षा मल्ल ठकुरी र सस्मिता तिमिल्सिना र मस्ट ट्यालेन्ट प्रतीक्षा सुवेदीले जिते।

प्रतियोगितामा वेस्ट क्याटवाक आर्जु शाही, वेस्ट हेयर र मस्ट इन्टिलिजेन्ट प्रतीक्षा सुवेदी, वेस्ट स्किन स्वस्तिका श्रेष्ठ, वेस्ट डान्स सल्मा आले मगर, वेस्ट स्माइल र मस्ट फोटोजेनिक कृप्ती न्यौपाने, मस्ट डिसिप्लिन बिबिका लामिछाने, मस्ट एक्टिभ मनिसा राना, मस्ट हेल्पफुल सुस्मिता पौडेल, मस्ट फ्रेन्ड्ली प्रतीक्षा मल्ल ठकुरी, वेस्ट कल्चरल ड्रेस कृपा मल्ल ठकुरी, मस्ट कृयटिभ सस्मिता तिमिल्सिना, वेस्ट पर्फमेन्स र मस्ट पङचुवल सपना गौतम घोषित भए।

प्रतियोगितामा १५ जना सहभागी थिए। उनीहरूले नेपालका लोपोन्मुख जातजातिका भेषभूषा झल्काएका थिए। कार्यक्रम उद्घाटन पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जीसीले गरेका थिए।

प्रकाशित: Feb 18, 2020| 10:36 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्