बुधबार, असार ३१, २०८३

म्यानचेस्टर युनाइटेडको सहज जित

इंग्लिस प्रिमियर लिगको सर्वाधिक विजेता म्यानचेस्टर युनाइटेडले सोमबार राति भएको खेलमा चेल्सीमाथि सहज जित निकालेको छ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगको सर्वाधिक विजेता म्यानचेस्टर युनाइटेडले सोमबार राति भएको खेलमा चेल्सीमाथि सहज जित निकालेको छ।

घरेलु मैदान स्टमफोर्ड ब्रिज स्टेडियममा भएको खेलमा पाहुना टोलीले चेल्सीलाई २–० ले पराजित गरेको हो।

युनाइटेडका लागि एन्टोनी मार्टियल र ह्यारी म्याग्युइरले गोल गरे।

मार्टिययलको गोलमा युनाइटेडले पहिलो हाफमै अग्रता बनाएको थियो। खेलको ४५ औं मिनेटमा उनले हेडिङमार्फत गोल गर्दा पहिलो हाफमा युनाइटेड १ गोलले अगाडि रह्यो। दोस्रो हाफमा म्याग्युइरले अर्को गोल थपे। उनले खेलको ६६ औं मिनेटमा गोल गरे।

उता चेल्सीका लागि भने भिएआर दुर्भाग्य बन्यो। दुई पटकको गोल पनि भिएआरकै कारण रेफ्रीले करार दिएनन्।

जितसँगै युनाइटेड ३८ अंकसहित तालिकाको सातौं स्थानमा उक्लिएको छ। अर्कोतर्फ ४१ अंकसहित चौथोस्थानमा रहेको चेल्सीले तेस्रो स्थानको लेस्टरसिटीसँग अंकदुरी घटाउने अवसर गुमाएको छ।

तेस्रो स्थानको लेस्टरसिटीको ५० अंक छ।

प्रकाशित: Feb 18, 2020| 08:41 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।