सोमबार, चैत ९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • युनाइटेडका पूर्वगोलरक्षक तथा म्युनिख दुर्घटनाका हिरो ‘ग्रेग’ को निधन

युनाइटेडका पूर्वगोलरक्षक तथा म्युनिख दुर्घटनाका हिरो ‘ग्रेग’ को निधन

म्यान्चेस्टर युनाइटेड र उत्तर आयरल्यान्डका पूर्वगोलरक्षक ह्यारी ग्रेगको निधन भएको छ। म्यूनिख एयर दुर्घटनामा परेर बाँचेका उनको आइतबार ८७ वर्षको उमेरमा निधन भएको हो।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

लन्डन - म्यान्चेस्टर युनाइटेड र उत्तर आयरल्यान्डका पूर्वगोलरक्षक ह्यारी ग्रेगको निधन भएको छ। म्यूनिख एयर दुर्घटनामा परेर बाँचेका उनको आइतबार ८७ वर्षको उमेरमा निधन भएको हो।

National life

‘पूर्वगोलरक्षक च्यारिटेबल ह्यारी ग्रेग फाउन्डेसलन’काअनुसार क्याजुवे अस्पताल कोलेरानियाँमा उनको निधन भएको हो। ‘अस्पतालमा आफ्नो परिवारकै साथमा रहेका बेला ग्रेगको निधन भएको छ।’, अस्पतालले विज्ञप्तिमा भनेको छ।

ग्रेग सन् १९५७ को अन्तिममा म्यान्चेस्टर युनाइटेडमा अनुबन्धित भएका थिए। उनी त्यतिबेला विश्वकै महँगो मूल्यमा ओल्ड ट्रयाफोर्ड गएका थिए। २३ हजार पाँच सय पाउन्डमा ग्रेगलाई युनाइटेडले भित्र्याएको थियो।

१९५४ बाट आयरल्यान्डका लागि खेल्न सुरु गरेका ग्रेगले ९ वर्षसम्ममा (१९६३ सम्म) २५ अन्तर्राष्ट्रिय खेल खेले।

ग्रेगले सन् १९५८ को एक विमान दुर्घटनामा परेका यात्रुहरुलाई बचाउन ठूलो भुमिका खेलेका थिए। सो विमान दुर्घटनामा २३ जनाको निधन भएको थियो।

Laxmi sunrise bank
kumari

म्यूनिख दुर्घटनाका हिरो

ओल्ड ट्रयाफोर्डमा आएको केही समयपछि उनीलगायत उनको टोली, फ्यान र पत्रकारसमेत भएको विमान युरोपियन कपमा सहभागी भएर बेलायत फर्कने क्रममा थियो। सर्बियाको बेलग्रेडबाट बराबरी खेलेर फर्कने क्रममा उनीहरुको विमान तेल भर्न म्युनिखमा उतारियो।

म्यूनिखबाट तेल भरेर दोस्रो पटकसम्म उडान असफल भएको विमान तेस्रो पटक उड्ने तयारीमा थियो। तर, हिउँ र पानीले चिप्लो भएको मैदानमा उडान भर्ने पाइलटको ढिपीलाई रनवेले साथ दिएन। र, धावन मार्गको अन्त्यमा पुगेर विमान दुर्घटनामा पर्‍यो।

विमानको बायाँ इन्जिन एक घरमा ठोक्किएर पुरै टुटेको थियो। टुटेको ठाउँबाट गोलकिपर ग्रेगले केही आफ्ना साथीलाई बचाएका थिए। उनले एक बच्चासहित साथीहरु बोबी चार्लटोन र ज्याकी ब्लेन्चफ्लोवरलाई बचाएका थिए।

सो घटनाको हप्ता दिनपछि एफए कपको खेलमा उनले क्लिन सिटसमेत गरे। विमान दुर्घटनामा परेर दोस्रो जीवन पाएका ग्रेगको निधनमा विश्वभरबाट समवेदना आएका छन्।

प्रकाशित: Feb 17, 2020| 14:25 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।