बुधबार, असार ३१, २०८३

जब सेल्टाका खेलाडीले जिदानेको मुखैमा किक हाने

आइतबार राति सम्पन्न खेलमा लिग लिडर रियल मड्रिडले १७ औं स्थानमा रहेको टोलीसँग बराबरी खेल्यो। घरेलु मैदान सेन्टियागो बर्नाबेउमा उसले सेल्टा भिगोसँग २–२ गोलको बराबरी खेलेको थियो।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

बर्नाबेउ– आइतबार राति सम्पन्न खेलमा लिग लिडर रियल मड्रिडले १७ औं स्थानमा रहेको टोलीसँग बराबरी खेल्यो। घरेलु मैदान सेन्टियागो बर्नाबेउमा उसले सेल्टा भिगोसँग २–२ गोलको बराबरी खेलेको थियो।

संघर्षपूर्ण खेल चलिरहेको समयमा एक यस्तो समय आयो, दर्शकहरु खेलाडीलाई नभएर प्रशिक्षक जिनेदिन जिदानेलाई हेरिरहेका थिए। उनी सेल्टाका एक खेलाडीसँग मैदानमा लडे।

उनलाई सेल्टाका सेन्ट्रल ब्याक जेसेफ एडियोले लडाएका थिए। यो सबै त्यतिबेला भयो, जब एडियो बललाई साइडलाइनबाट बाहिर जानबाट रोकिरहेका थिए। तर, उनले रोक्न सकेनन् र चिप्लिए। साथै जिदानेसँग ठोक्किन पुगे।

लड्दा कारणवश उनले जिदानेको मुखमा प्रहार गर्न पुगे। तर, त्यो प्रहारले रियलका प्रशिक्षकको अनुहारमा चोट भने पुर्याएन।

घटना हुँदा रियल र सेल्टाले ६१ औं मिनेटको खेल खेलिरहेका थिए। एक एक गोलको बराबरीमा दुवै टालीले प्रतिस्पर्धा गरिरहँदा यस्तो भएको थियो।

प्रकाशित: Feb 17, 2020| 12:51 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।