बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सेल्टा भिगोसँग बराबरीमा रोकियो रियल मड्रिड, शीर्ष स्थानमा १ अंकको अग्रता

सेल्टा भिगोसँग बराबरीमा रोकियो रियल मड्रिड, शीर्ष स्थानमा १ अंकको अग्रता

लिग लिडर रियल मड्रिड स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

स्पेन– लिग लिडर रियल मड्रिड स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ।

घरेलु मैदान बनाबेउमा सम्पन्न खेलमा मड्रिड सेल्टासँग २–२ गोलको नजितामा रोकिएको हो।

खेलको ७ औं मिनेटमा सेल्टाले फ्योडोर सोमोलोभले सुरुवाती अग्रता बनाएका थिए। उनले आसपसले दिएको पासलाई गोलमा परिणत गरेस अग्रता बनाएका थिए। सोमोलोभको गोलसँगै सेल्टा पहिलो हाफमा १ गोलले अगाडि रह्यो।

दोस्रो हाफमा टोनी क्रुसले रियललाई खेलमा फर्काए। बेन्जेमाले मार्सेलोलाई दिएको पास क्रुसले लिएर गोल गरे। ५२ औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा आएको थियो।

खेलको ६५ औं मिनेटमा सेल्टाका गोलकिपरले हजार्डलाई फउल गरेपछि रियलले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै अर्को गोल थप्यो। रामोसको गोलमा खेलको ६५ औं मिनेटमा मड्रिड २–१ गोलले अगाडि रह्यो।

तर, ८५ औं मिनेटमा सान्टी मिनाले गोल गर्दै सेल्टालाई बराबरीमा ल्याए। खेलको ८९ मिनेटमा बेन्जेमाले राम्रो अवसर सिर्जना गरे पनि त्यसको सदुपयोग गर्न सकेनन्। र, खेल बराबरीमा रोकियो।

अंक बाँडे पनि रियल मड्रिड शीर्षमा यथावत छ। मड्रिडको ५३ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ५२ अंक छ। त्यस्तै, तेस्रो स्थानको गेटाफेको ४२ तथा चौथो स्थानको एथ्लेटिको मड्रिडको ४० अंक छ।

रामोसको पेनाल्टी सफलता

रियलका कप्तान सर्जियो रामोसले लगातार १२ पेनाल्टीमा सफलता पाएका छन्। रोनाल्डोले इटालियन क्लब रोजेपछि रामोसले रियलबाट अधिकांस पेनाल्टी प्रहार गर्ने अवसार पाउँदै आएका हुन्।

आइतबार राति सेल्टासँगको खेलमा उनले पेनाल्टीमा सफलता पाएसँगै लगातार १२ पेनाल्टीमा सफलता पाएका हुन्। उनले १२ पेनाल्टी सुट रोनाल्डो इटाली गएपछि मात्र पाएका हुन्। 

उनी क्लबमा पेनाल्टी सुटको पहिलो रोजाइमा पर्ने गरेका छन्।

प्रकाशित: Feb 17, 2020| 08:50 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।