सोमबार, चैत ९, २०८२

आर्सनलको पुनरागमन

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले न्युक्यासलमाथि जित निकालेको छ।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

लन्डन– इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले न्युक्यासलमाथि जित निकालेको छ।

National life

आर्सनलको मैदान इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा न्युक्यासलमाथि आर्सनलले ४–० को गोलअन्तरले जित निकालेको हो।

लिगमा ६ जित निकालेको आर्सनलले यो सिजन राम्रो प्रदर्शन गरिरहेको छैन। विगतका सिजनमा लिगको शीर्ष ६ भित्र रहने टोलीलाई जारी सिजनमा सो ठाउँ पाउन मुस्किल परेको देखिन्छ। तर, आजको खेलले आर्सनललाई खेलमा फर्कन सहयोग गरेको छ।

खेलमा पियरे एमरिक, निकोलस पेपे, मेसुट ओजिल र अलेक्जेन्डर लकाजेटले गोल गरे।

पहिलो हाफमा गोल हुन नसकेपछि सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो। पियरेले खेलको ५४ औं मिनेटमा गोल गरे भने पेपे र ओजिलले खलको ५७ औं र अन्तिम मिनेटमा गोल गरे। त्यस्तै, इन्ज्युरी समयमा अलेक्जेन्डरले गोल गरेपछि आर्सनलले ४–०को जित निकालेको हो।

Laxmi sunrise bank
kumari

जितसँगै आर्सनल ३४ अंकसहित तालिकाको दसौं स्थानमा छ। उसले ७ खेलमा जित, १३ मा बराबरी खेल्दा ६ मा हार व्यहोरेको छ।

त्यस्तै न्युक्यासल १३ औं स्थानमा छ। उसको ३१ अंक रहेको छ।

प्रकाशित: Feb 17, 2020| 08:43 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।