शनिबार, कात्तिक २९, २०८२

इन्डियन आइडलकै सेटमा आदित्य र नेहाको बिहे !

बलिवुडकी चर्चित गायिका नेहा कक्कर र गायक तथा कार्यक्रम सञ्चालक आदित्य नारायण आफ्नो सम्बन्धका कारण निकै चर्चामा छन्।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

एजेन्सी- बलिवुडकी चर्चित गायिका नेहा कक्कर र गायक तथा कार्यक्रम सञ्चालक आदित्य नारायण हिजोआज आफ्नो सम्बन्धका कारण चर्चामा छन्।

National life

उनीहरुले भ्यालेन्टाईन डेमा बिहे गर्दैछन् भन्ने समाचार केही दिनअघि मात्रै सार्वजनिक पनि भएको थियो। तर भ्यालेन्टाईन डेको साईतमा उनीहरुको बिहे भएन।

अहिले भने सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ। जुन भिडियो गायन प्रतियोगिता इन्डियन आईडलको सेटको हो।

भिडियोमा इन्डियन आईडलका सञ्चालक आदित्य दुलाहाको रुपमा छन्, उनी घोडामा चढेर आएका देखिन्छन्। नेहा दुलहीका रुपमा।
सामाजिक सञ्जालमा भाइरल भएकाे यो भिडियोमा उनीहरुका शुभेच्छुकका निकै धेरे कमेन्ट्स प्राप्त भएका छन्।

भिडियोमा बलिवुड गायक हिमेश रेशमिया तथा उनकी पत्नि सोनिया कपुर पनि देखिएका छन्।

Laxmi sunrise bank
kumari

भ्यालेन्टाईन डे कै दिन यो भिडियो खिचिएको थियो। जसमा इन्डियन आईडलकै सेटमा आदित्य र नेहाले एकअर्कालाई बर माला लगाईदिएका छन्।

आदित्य र नेहाबीचको सम्बन्ध नेपाल आईडलकै मञ्चबाट टुसाएको हो भन्ने गरिएको छ। यद्यपि यो सम्बन्धका विषयमा खास जानकारी भने गराइएको छैन।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार आदित्यका पिता चर्चित गायक उदित नारायण झालाई समेत उनीहरुबीचको सम्बन्धका बारेमा खास जानकारी छैन।

यो साँच्चैको प्रेम हो वा इन्डियन आईडलको सेटमा मात्र मञ्चन हुने र यसमै सिमित हुने हो भन्नेबारे आदित्य वा नेहा वा उनीहरुको परिवारका सदस्य कसैले पनि बताएका छैनन्।

प्रकाशित: Feb 16, 2020| 17:45 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्