बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप फुटबल एसिया छनोट : राष्ट्रिय टिमको प्रारम्भिक टोली घोषणा

विश्वकप फुटबल एसिया छनोट : राष्ट्रिय टिमको प्रारम्भिक टोली घोषणा

विश्वकप एसिया छनोटका लागि राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोलीको घोषणा गरिएको छ।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

काठमाडौं– विश्वकप एसिया छनोटका लागि राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोलीको घोषणा गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनको सिफासिसमा टोलीको घोषणा गरेका छन्।

एन्फाले सूचना जारी गर्दै प्रारम्भिक टोलीको नामावली सार्वजनिक गरेको हो। टोलीमा भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, विशाल राई (बी), राजिन धिमाललगायत छन्।

टोलीमा राष्ट्रिय टोलीका स्ट्राइकरद्वय विमल घर्तिमगर तथा अभिषेख रिजाल, डिफेन्डर रोहित चन्द परेका छैनन्।

छनोटमा परेका टोलीबाट अन्तिम १८ विश्वकप एसिया छनोटका लागि छानिनेछन्।

घरेलु मैदानमा हुने दोस्रो लेगको खेलमा नेपालले फिफा विश्वकपको एसिया छनोट खेल खेल्न लागेको हो।

नेपालले आउँदो मार्च २६ मा चाइनिज ताइपेइसँग र मार्च ३१ मा अस्ट्रेलियासँग दशरथ रंगशालामा छनोट खेल्ने छ।

अंकतालिकामा नेपाल चौथो

एसियन छनोटको समूह ‘बी’ मा रहेको नेपाल ३ अंकसहित अंकतालिकाको चौथो स्थानमा छ। नेपालले पहिलो लेगका पाँच खेलमध्ये १ मा मात्रै जित निकालेको छ भने ४ मा पराजित भएको छ।

जारी लेगको पहिलो खेलमा नेपाल कुवेतसँग ०–७ ले पराजित भएको थियो। कुवेतसँग भुटानमा भएको दोस्रो खेलमा पनि नेपालले ०–१ को नतिजा सुम्पिएको थियो। यस्तै, नेपाल जोर्डनसँग ०–३ र अस्टे«लियासँग ०–५ ले पराजित भएको थियो।

चाइनिज ताइपेइसँग भने नेपालले २–० को गोलअन्तरले जित निकालेको थियो।

समूह चरणका चारवटै खेलमा जित निकालेको अस्ट्रेलिया १२ अंकसहित शीर्ष स्थानमा छ। त्यस्तै, कुवेत १० अंकसहित दोस्रो स्थानमा हुँदा समान अंक बटुलेको जोर्डन तेस्रो स्थानमा छ। कुवेतभन्दा कम गोलअन्तर भएपछि जोर्डन तेस्रो स्थानमा छ।

चाइनिज ताइपेइ भने पाँच वटै खेलमा जितविहीन छ।

एसियाबाट ६ टोली सहभागी हुँदै

सन् २०२२ मा कतारमा हुन लागेको विश्वकपमा एसियाबाट ६ टोली सहभागी हुँदैछन्। एएफसी विश्वकप एसियन क्वालिफायरबाट छानिएका ५ टोली र आयोजक कतार गरी ६ टोली आगामी विश्वकपमा सहभागी हुँदैछन्।

विश्वकपमा आयोजक राष्ट्र सिधै छनोट हुने व्यवस्था छ। यद्यपि, एसियन क्वालिफायरको छनोटको समूह ‘इ’ मा रहेको कतार समूहको शीर्ष स्थानमै छ।

दोस्रो राउन्डको जारी खेलपछि तेस्रो राउन्डको खेलबाट विश्वकपमा भाग लिने राष्ट्रको टुंगो लाग्ने छ।

प्रारम्भिक टाेली

विकेश कुथू, विसाल श्रेष्ठ, एलन न्यौपाने, राजिन धिमाल, सुमन आर्यान, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देवेन्द्र तामाङ, दिलेन लोक्तान, विशाल राई (बी), शेसेहाङ आङ्देम्बे, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रावि पासवान, सुनिल बल, अन्जन विष्ट, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा र विमल राना ।

प्रकाशित: Feb 16, 2020| 13:43 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।