बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राति एक्लै कोठामा बसेर पढेकी युवतीको घाँटी रेटेर हत्या

राति एक्लै कोठामा बसेर पढेकी युवतीको घाँटी रेटेर हत्या

सल्यानमा एक युवतीको घाँटी रेटेर हत्या भएको छ। शुक्रबार राति कोठामा एक्लै बसेर ...
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

सत्यान- सल्यानमा एक युवतीको घाँटी रेटेर हत्या भएको छ।

शुक्रबार राति कोठामा एक्लै बसेर पढिरहेकी त्रिवेणी गाउँपपालिका वडा नं १, तल्लो काभ्राकी १६ वर्षीया कविता बोहराको घाँटी रेटेर हत्या भएको हो।

उनको स्वासनली काटेर हत्या भएको अवस्थामा शव भेटिएको सल्यान प्रहरीले जनाएको छ। कसले के कारणले हत्या गर्‍याे भन्ने विषयमा अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ।

कविताका अभिभावकका अनुसार उनी शुक्रबार राति ९ बजेसम्म एक्लै कोठामा बसेर पढिराखेकी थिइन्। घरका सबै सदस्य सुतेपछि उनी बाहिर निस्केको हुन सक्ने र त्यही बेला उनको घाँटी रेटर हत्या भएको हुन सक्ने आशंका गरिएको छ।

राति १ बजे मात्र परिवारले कविताको खोजी सुरु गरेका थिए। तर कोठामा उनी नदेखपछि खोज्दै जाँदा घरदेखि १५ मिटरजति पर उनी मृत अवस्थामा फेला परेको परिवारका सदस्यहरुले बताएका छन्।

प्रकाशित: Feb 16, 2020| 10:08 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।