बुधबार, असार ३१, २०८३

उपाधिका लागि लिभरपुललाई ५ जित आवश्यक

लिग दावेदार लिभरपुलले इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा जित निकालेको छ।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

नर्विच– लिग दावेदार लिभरपुलले इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा जित निकालेको छ।

उसले प्रतिस्पर्धी नर्विच सिटीलाई १–० गोलअन्तरले हरायाे।

नर्विचको घरेलु मैदान ‘कारो रोड’ स्टेडियममा सम्पन्न खेलको पहिलो हाफमा कनै गोल हुन नसक्दा गोलरहित बराबरीमै सकिएको थियो।

तर, दोस्रो हाफमा सादियो मानेले गोल गरेपछि लिभरपुलले अग्रता बनाएको थियो। खेलको ७८ औं मिनेटमा हेन्डरसनबाट पासमा पाएको बललाई मानेले गोलमा परिणत गरेका थिए।

उनको गोलबाहेक लिभरपुलले अन्य स्कोर गर्न नसक्दा त्यही गोल खेलको निर्णायक बन्यो।

पाहुना टोलीले जितसँगै लिगमा २५ अंकको अग्रता बनाएको छ। तालिकामा साविक विजेता म्यान्चेस्टर सिटीको ५१ अंक हुँदा एक खेल धेरै खेलेको लिभरपुलको ७६ अंक भएको छ। उसले २६ खेलमा २५ जित र एक बारबरीका साथ सो अंक बनाएको हो।

आजको खेलमा हारको सामना गरेको नर्विच सिटी १८ अंकसहित तालिकाको पुछारमा छ।

जारी सिजनमा अपराजित रहेको लिभरपुलले अब पाँच खेलमा जित निकाले लिग विजेता हुने पक्का भएको छ। उसको १२ खेल बाँकी रहे पनि ५ जित उसलाई लिगविजेता बनाउन काफी हुने छ।

प्रकाशित: Feb 16, 2020| 08:42 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।