बुधबार, असार ३१, २०८३

मछिन्द्र बन्यो ‘ए’ डिभिजन लिगको नयाँ विजेता

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको छ। जितसँगै मछिन्द्र ‘ए’ डिभिजन लिग जित्ने १६ औं क्लब बनेको छ।
 |  शनिबार, फागुन ३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको छ। जितसँगै मछिन्द्र ‘ए’ डिभिजन लिग जित्ने १६ औं क्लब बनेको छ।

राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई १–० ले हराउँदै मछिन्द्रले उपाधि जितेको हो।

खेलको ३३ औं मिनेटमा विकास तामाङले गरेको गोल मछिन्द्रका लागि निर्णायक बन्यो।  जितसँगै मछिन्द्रको १३ खेलबाट ३२ अंक भएको छ। त्रिभुवन आर्मी २९ अंकसहित दोस्रो बनेको छ।

मछिन्द्रले लिगका १० खेलमा जित र २ मा बराबरी खेल्दा १ मा पराजय भोगेको छ। त्रिभुवन आर्मीले भने ९ खेलमा जित र २ मा बराबरी तथा २ खेलमा हारको सामना गरेको छ।

‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले सर्वाधिक ८ पटक उपाधि जितेको छ।

आशिष बने सर्वाधिक गोलकर्ता

लिगको सर्वाधिक गोलकर्तामा एपीएफ क्लबका आशिष लामा भएका छन्। उनले लिगमा ९ गोल गरेका छन्।

सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा च्यासल युथ क्लबका सन्तोष साहुखल छन्। उनले ७ गोल गरेका छन्।

प्रकाशित: Feb 15, 2020| 15:44 शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।