काठमाडौं - काभ्रेको बनेपामा जिपको ठक्करबाट प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।
प्रहरी चौकी साँगामा कार्यरत असई तेजबहादुर गुरुङको बनेपा-१३ स्थित सडकमा बा१९च १३२३ नंको जिपको ठक्करबाट ज्यान गएको साँगा प्रहरीले जानकारी दिएको छ। गुरुङ नवलपरासीका हुन्।
भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।