बुधबार, असार ३१, २०८३

ए डिभिजन लिगमा थ्रीस्टारको सुखद अन्त्य

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा थ्रीस्टार क्लब विजयी भएको छ।
 |  शुक्रबार, फागुन २, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०७६

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा थ्रीस्टार क्लब विजयी भएको छ। च्यासल युथ क्लबविरुद्ध २–० गोल अन्तरले जित हात पार्दै थ्री स्टारले लिगमा सुखद अन्त्य गरेको हो।

खेलको पहिलो हाफमा कुनै टिमले गोल गर्न नसक्दा गोलरहीत बराबरीमा सकिएको थियो।

खेलको दोस्रो हाफको ७० औं मिनेटमा लाल रम्मावियले गोल गर्दै थ्रीस्टारलाई सुरुवाती अग्रता दिलाएका थिए। निशान खड्काको पासलाई रम्मावियले गोलमा बदलेका थिए।

त्यस्तै, खेलको अतिरिक्त समयमा अनन्त तामाङले गोल गरे। थपिएको पहिलो मिनेटमा च्यासलका छिरिङ गुरुङले रम्मावियमाथि फल गरेपछि थ्रीस्टारले पेनाल्टी पाएको थियो।

तामाङले पेनाल्टीको बललाई पोसमा प्रहार गर्दै थ्रीस्टारको अग्रतालाई दोब्बर बनाएका थिए।

जितसँगै थ्रीस्टारको खातामा २६ अंक भएको छ। उसले लिगमा ८ जित, दुई बराबर र ३ हारका साथ २६ अंक बनाएको हो। आजै हुने तेस्रो खेलका आधारमा थ्रीस्टारको स्थान निक्र्यौल हुने छ।

तेस्रो खेलमा मनाङले जितेमा को समाना गरेमा ऊ चौथो स्थानमा झर्नेछ अन्यथा तेस्रो स्थानमा रहने छ।

अन्तिम खेलमा हारको समाना गरेको च्यासल युथ क्लबले ४ जित, ३ बरबरी र ६ हारका साथ १५ अंक छ। उसले लिगको यो सिजनमा आठौँ स्थान पाएको छ।

प्रकाशित: Feb 14, 2020| 16:01 शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।