सोमबार, मंसिर ८, २०८२

कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै प्रदीप पौडेल

'महामन्त्रीमा उम्मेदवारी दिने निश्चित छ। अहिले वडा अधिवेशन जारी छ। वडा अधिवेशन सकिएपछि उम्मेदवारी घोषणा गर्छु,' पौडेलले भनेका छन्।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आसन्न १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन्। वडा अधिवेशन सकिएपछि महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने उनले बताएका छन्। 

National life

'महामन्त्रीमा उम्मेदवारी दिने निश्चित छ। अहिले वडा अधिवेशन जारी छ। वडा अधिवेशन सकिएपछि उम्मेदवारी घोषणा गर्छु,' पौडेलले भनेका छन्।

१३औँ महाधिवेशनमा पनि सिटौला समूहमा रहेका पौडेल १४औँ महाधिवेशनमा पनि उनैलाई साथ दिने तयारीमा छन्। १३औँ महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापा अहिले रामचन्द्र पौडेल समूहमा सक्रिय बनेका छन्।

पौडेल समूहले सभापतिको उम्मेदवार तय गरेको छैन। तर थापाले भने महामन्त्रीमा उठ्ने घोषणा गरिसकेका छन्। आगामी २४ भदौमा कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्। उनले संस्थापन समूहबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन्। 

आगामी ९–१३ मंसिरमा कांग्रेसको १४औँ महाधिवेशन हुने कार्यतालिका छ। -न्युज कारखाना

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 06, 2021| 17:01 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...