बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घुस रकम पत्नीको खातामा जम्मा गर्न लगाउने सडक डिभिजनका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

घुस रकम पत्नीको खातामा जम्मा गर्न लगाउने सडक डिभिजनका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

सडक निर्माण कम्पनीबाट पत्नीको खातामा घुस रकम जम्मा गर्न लगाउने सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन कार्यालय प्रमुख जितेन्द्र कुमार चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
 |  शुक्रबार, फागुन २, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०७६

काठमाडौं– सडक निर्माण कम्पनीबाट पत्नीको खातामा घुस रकम जम्मा गर्न लगाउने सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन कार्यालय प्रमुख जितेन्द्र कुमार चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

चौधरीविरुद्ध ३५ लाख बिगो माग दाबी गर्दै अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

चौधरीले कार्यालय प्रमुख हुँदा भूमि इन्फ्रास्ट्रक्च्चर प्रा.लि.बाट विभिन्न मितिमा पत्नीको खातामा घुसवापतको ३५ लाख रुपैयाँ जम्मा गर्न लगाएको अनुसन्धाबाट खुलेको अख्तियारले जनाएको छ।

चौधरीले सेवाग्राही भूमि इन्फ्रास्ट्रक्च्चर प्रा.लि. र उक्त प्रा.लि. सँग ज्वाइन्ट भेन्चरमा ठेक्कामा काम गर्ने ठेकेदारहरुसमेतले बाटो निर्माण गर्ने विभिन्न स्वीकृत आयोजनाको मोविलाइजेसन रकमबाट गैरकानुनी रुपमा ३५ लाख पत्नीको खातामा जम्मा गर्न लगाएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।

प्रकाशित: Feb 14, 2020| 15:46 शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।