बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • कर्णालीमा ७१८ मध्ये २७२ वडामा सकियो कांग्रेस अधिवेशन, ४४६ वडामा कहिले?

कर्णालीमा ७१८ मध्ये २७२ वडामा सकियो कांग्रेस अधिवेशन, ४४६ वडामा कहिले?

कर्णाली प्रदेशका दुई सय ७२ वडामा नेपाली कांग्रेसको वडाधिवेशन सम्पन्‍न भएको छ। कुल सात सय १८ वडामध्ये दैलेखका ८६, जाजरकोटका ७७, जुम्लाका ५९, हुम्लाका ३७, मुगुमा १९ र सल्यानका ३१ वडाको वडाधिवेशन सम्पन्‍न भएको हो।
 |  सोमबार, भदौ २१, २०७८

देव राना

देव राना

सोमबार, भदौ २१, २०७८

सुर्खेत- कर्णाली प्रदेशका दुई सय ७२ वडामा नेपाली कांग्रेसको वडाधिवेशन सम्पन्‍न भएको छ। कुल सात सय १८ वडामध्ये दैलेखका ८६, जाजरकोटका ७७, जुम्लाका ५९, हुम्लाका ३७, मुगुमा १९ र सल्यानका ३१ वडाको वडाधिवेशन सम्पन्‍न भएको हो। अधिवेशन सम्पन्‍न भएका सबै वडामा नेतृत्वसहित वडा कमिटी सर्वसम्मत रुपमा चयन भएका छन्। कर्णाली प्रदेशका अधिवेशन हुन ४४६ वडा बाँकी छन्। 

triton college

दैलेखमा ९० वडामध्ये अहिलेसम्म ८६ वडाको नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको छ। बाँकी वडामा पनि सर्वसम्मतिको प्रयास भइरहेको कांग्रेस दैलेखका सभापति कृष्णकुमार विसीले जानकरी दिए। 

जुम्लाका ६० वडामध्ये ५९ वडामा नेतृत्वसहित वडा कमिटी सर्वसम्मत निर्वाचित भएका छन्। तातोपानी गाउँपालिका वडा नं. ८ मा भने निर्वाचन गर्नुपर्ने अवस्था आएको नेपाली कांग्रेस जुम्लाका सभापति दीपबहादुर शाहीले जनाए। त्यहाँ डिल्लीबहादुर शाही, दलबहादुर शाही र कालीबहादुर शाही वडासभापतिको आकांक्षी छन्। वडामा कसलाई वडासभापति बनाउने भन्‍ने विषयमा चर्को विवाद छ। त्यहाँ सर्वसम्मतिबाट नेतृत्व छनोट हुने सम्भावना सकिएको छ।

त्यस्तै हुम्लाका कुल ४४ वडामध्ये हालसम्म ३७ वडाको नेतृत्वसहित पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका छन्। बाँकी चार वडामध्ये तीन वडामा दूरी टाढा भएका कारण सोमबार निर्वाचन भइरहको हुम्लाका पार्टी सभापति जयपति रोकायाले जनाए। ती वडामा पनि सर्वसम्मको प्रयास भइरहेको छ। जाजरकोटका ७७ वडाको नेतृत्व सर्वसम्मत निर्वाचित गरिएको पार्टी सभापति दीपकजंग शाहले जनाए।

त्यस्तै मुगुमा ४५ वडामध्ये १९ वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएका छन्। बाँकी २६ वडामा पनि सर्वसम्मतिको प्रयास भइरहेको मुगुका कांग्रेस सभापति खड्कबहादुर शाहीले बताए। त्यहाँका केही वडामा पनि चुनाव नै गर्नुपर्ने अवस्था देखिन्छ।

corrent noodles
Metro Mart

सल्यानका ८३ वडामध्ये १७ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । सल्यानका धेरै वडामा निर्वाचन गर्नुपर्ने अवस्था देखिएको पार्टी सभापति गणेश चन्दले जनाए। ‘१७-१८ वडामा सर्वसम्मत नेतृत्व छानिएका छन्, बाँकी वडामा पनि सर्वसम्मतिको प्रयास गरिरहेका छौँ’ चन्दले भने, ‘धेरै वडामा चुनाव गर्नुपर्ने अवस्था देखिन्छ।’

कर्णालीका दश जिल्लामध्ये मुगु र सल्यानमा सोमबारदेखि वडाधिवेशन सुरु भएका हो। जाजरकोट, दैलेख, हुम्ला र जुम्लामा भने १८ गतेदेखि नै वडाधिवेशन सुरु भएका थिए। कालीकोटमा मंगलबार र रुकुमपश्चिममा बुधबार वडा अधिवेशन गर्ने तयारी छ। कर्णालीका सुर्खेत र डोल्पामा भने वडाधिवेशन अनिश्चित बनेको छ। ती जिल्लामा क्रियाशील सदस्यता विवादका कारण वडाधिवेशन अनिश्चित बनेको हो।


प्रकाशित: Sep 06, 2021| 16:40 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।