बुधबार, भदौ ३, २०८३

कोरोना भाइरसबाट १४८५ को मृत्यु, २७ देशमा संक्रमण

हुपेईमा बिहीबार मात्र ११६ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरूले बताएका छन्।
 |  शुक्रबार, फागुन २, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०७६


बेइजिङ– चीनको हुपई प्रान्तमा फैलिएको कोरोना भाइरस संक्रमणबाट १४८५ को मृत्यु भएको छ।

हुपेईमा बिहीबार मात्र ११६ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरूले बताएका छन्। विश्वभर झन्डै ६५ हजारमा संक्रमण भएको छ। संक्रमणबाट एक जना हङकङ, एक जना फिलिपिन्स र एक जना जापानमा तथा बाँकी सबै चीनमा निधन भएको हो।

हुपेईमात्र ३६७१९ को उपचार भइरहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। त्यसमध्ये १६८५ को अवस्था गम्भीर छ।

अहिलेसम्म ४१३१ जना उपचारपछि घर फर्किएका छन्। चीनबाहेक अन्य २६ देशका ५८५ मा यो भाइरस संक्रमण पुष्टि भएको छ।

चीनबाहेक अन्य देशमा कहाँ कति स‌ंक्रमित?

देश संक्रमित मृत्यु
अस्ट्रेलिया १५  
बेल्जियम  
क्याम्बोडिया  
क्यानडा  
फिनल्यान्ड  
फ्रान्स  ११  
जर्मनी  १६  
हङकङ  ५३
भारत   
इटाली   
जापान  ३१
मकाओ  १०  
मलेसिया  १९  
नेपाल  
फिलिपिन्स
रुस   
सिंगापुर  ५८  
दक्षिण कोरिया २८  
स्पेन   
श्रीलंका  
स्विडेन   
थाइल्यान्ड  ३३  
संयुक्त अरब इमिरेट्स  
बेलायत  
अमेरिका  १५  
भियतनाम १६  

 

प्रकाशित: Feb 14, 2020| 12:25 शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।