बुधबार, भदौ ३, २०८३

प्रणय दिवसमा कैदीबन्दीलाई गुलाफ र चक्लेट उपहार

प्रणय दिवसका अवसरमा जिल्लामा क्रियाशील एक सामाजिक संस्थाले कैलाली कारागारका कैदीबन्दीलाई गुलाफ र चक्लेट उपहार दिएको छ।
 |  शुक्रबार, फागुन २, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०७६

धनगढी– प्रणय दिवसका अवसरमा जिल्लामा क्रियाशील एक सामाजिक संस्थाले कैलाली कारागारका कैदीबन्दीलाई गुलाफ र चक्लेट उपहार दिएको छ।

‘हेल्फ फर ह्याप्पिनेस’ले शुक्रबार कारागारमा कार्यक्रम आयोजना गरी ४७८ कैदीबन्दीलाई उपहार दिएको हो।

‘प्रेम रूपलाई होइन, मानवतालाई गर्नुपर्छ’ भन्ने उद्देश्य अनुसार कैदीबन्दीसँग भ्यालेन्टाइन डे मनाइएको संस्थाका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीले बताए।

कारागारमा आश्रित सबैलाई एक्लो छु भन्ने महसुस हुन नदिन प्रेम स्वरूप रातो गुलाब उपहार दिएको उनको भनाइ छ। प्रेमी र प्रेमिकाबीचमा मात्र प्रेम सीमित नहुने सन्देश दिन पनि कार्यक्रम गरिएको उनले बताए।

प्रकाशित: Feb 14, 2020| 12:25 शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।