बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पाको सुखद अन्त्य, एनआरटी २–१ ले पराजित

‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पाको सुखद अन्त्य, एनआरटी २–१ ले पराजित

हिमालयन शेर्पा क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद् अन्त्य गरेको छ।
 |  शुक्रबार, फागुन २, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०७६

काठमाडौं– हिमालयन शेर्पा क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद् अन्त्य गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको पहिलो खेलमा हिमालयन शेर्पाले एनआरटीमाथि २–१ गोलअन्तरले जित निकाल्याे। 

खेलको ३१ औं मिनेटमा एनआरटीका राजेश परियारले गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। अशोक थापाले दिएको बललाई राजेशले गोलमा परिणत गरे।
उता हिमालयन शेर्पाले खेलको ४१ औं र इन्ज्युरी समयमा गोल गर्दै २–१ ले आफ्नो पक्षमा पार्यो। 

हिमालयन शेर्पाका लागि विदेशी खेलाडी स्टेफेन देउबेनीले पहिलो गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए। त्यस्तै, पहिलो हाफको अतिरिक्त समयमा त्रिदेव गुरुङले गोल गर्दै खेल आफ्नो पक्षमा पारे।

खेलको म्यान अफ द म्याच त्रिदेव गुरुङ घोषित भए।

जितसँगै १४ अंक बटुलेको हिमालयन शेर्पाले दसौं स्थानमा रहँदै लिग टुंग्याएको छ। उसले ३ खेलमा जित, ५ मा बराबरी खेल्दा ५ मा पराजयको सामना गरेको छ।

उता एनआरटी भने १५ अंकसहित तालिकाको नवौं स्थानमा छ। उसले ५ खेलमा जित र २ मा बराबरी खेलेको छ भने ६ खेलको नतिजा विपक्षीलाई सुम्पिएको छ।

प्रकाशित: Feb 14, 2020| 11:26 शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।