बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनुषा बमकाण्डका मुख्य योजनाकार विप्लव समूहका नेता पक्राउ

धनुषा बमकाण्डका मुख्य योजनाकार विप्लव समूहका नेता पक्राउ

धनुषा बम विस्फोटका मुख्य योजनाकारमध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, फागुन २, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०७६

धनुषा– धनुषा बम विस्फोटका मुख्य योजनाकारमध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी भएको बम विस्फोट गराएको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका सप्तरी जिल्ला इन्चार्ज इन्दल साह धानुकलाई सप्तरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धानुक बम विस्फोट घटनाका मुख्य योजनाकारमध्ये एक हुन्। घटनामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परिसकेका छन्।

गत मंसिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा बम विस्फोट गराइएकाे थियाे। उक्त विस्फोटमा परी महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय औषधि व्यवसायी ४८ वर्षीय राजेश साह र छोरा १६ वर्षीय आनन्द साहको मृत्यु भएको थियो।

प्रकाशित: Feb 14, 2020| 10:59 शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।