बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टिप्परले किचेर दिलिपको हत्या गर्नेे क्रसर मालिकसहित तीन जना जेल चलान

टिप्परले किचेर दिलिपको हत्या गर्नेे क्रसर मालिकसहित तीन जना जेल चलान

अवैध रुपमा सञ्चालित क्रसर उद्योगको विरोध गर्दै आएका धनुषाका दिलीपकुमार महतोलाई टिप्परले किचेर हत्या गर्ने तीन जना जेल चलान भएका छन् ।
 |  शुक्रबार, फागुन २, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०७६

जनकपुर- अवैध रुपमा सञ्चालित क्रसर उद्योगको विरोध गर्दै आएका धनुषाका दिलीपकुमार महतोलाई टिप्परले किचेर हत्या गर्ने तीन जना जेल चलान भएका छन् ।

जिल्ला आदलत धनुषाको आदेशमा टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

आरोपी तीनजना भने धरौटीमा रिहा भएका छन्।

पक्राउ परेका मध्येका दिलीपसँगै खोलामा गएका छिमेक साथी रोशनकुमार यादव, घटनामा संलग्नता देखिएका सत्यनारायण महतो र शत्रुधन महतो जनही २५ हजार धरौटी रकम बुझाएर साधारण तारेखमा रिहा भएका छन्।

घर नजिककैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न गएको बेला टिपरले किचेर धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय युवक दिलीप महतोको हत्या भएको थियो।

हत्याको दुईदिनपछि प्रहरीले चुरियामाई प्रसोधन उद्योगका संचालक विपीन महतो, टिपर चलाक मुनिन्द महतो, साथी रोशन महतो लगायत ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुलाई पुस २७ गते राति पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो।

दिलीपलाई टिपरले किचेर हत्या गर्नु अघि फलामको लिभरले कोँखमा घोचेर गम्भीर घाइते बनाएका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 14, 2020| 10:50 शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।