बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं आउँदै गरेको भारतीय ट्रकले स्कुटरलाई हान्यो, एक युवाको मृत्यु

काठमाडौं आउँदै गरेको भारतीय ट्रकले स्कुटरलाई हान्यो, एक युवाको मृत्यु

भारतीय नम्बरको गाडीले स्कुटरलाई ठक्कर दिदा धादिङमा एक युवाको मृत्यु भएको छ ।
 |  शुक्रबार, फागुन २, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०७६

धादिङ- भारतीय नम्बरको गाडीले स्कुटरलाई ठक्कर दिदा धादिङमा एक युवाको मृत्यु भएको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ चरौँदी पुल नजिकै भएको दुर्घटनामा परी स्कुटर चालक सोलुखुम्बु, मुक्ली नगरपालिका वडा नं १ का २२ वर्षीय प्रकाश बस्नेतको घटनास्थलमा नै मृत्यु भएको छ ।

स्कुटरमा पछाडि सबार एकजना घाईते भएका छन्। घाइते काभ्रेका सनिस थापालाई उपचारका लागि काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ।

काठमाडौँतर्फ आउँदै गरेको बिआर ०६ जिडी ८६७१ नम्बरको भारतीय ट्रकले काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४ प ३९८९ नम्बरको स्कुटरलाई आज (शुक्रबार) बिहान ठक्कर दिएको हो ।

दुर्घटना लगत्तै भागेका ट्रक चालकलाई गजुरी प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Feb 14, 2020| 09:59 शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।