सोमबार, चैत ९, २०८२

जाउलाखेल र मनाङ मर्स्याङ्दी आज प्रतिस्पर्धा गर्दै

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शुक्रबार) तीन खेल हुँदैछन्।
 |  शुक्रबार, फागुन २, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शुक्रबार) तीन खेल हुँदैछन्।

National life

ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान साढे पौने ९ बजे सुरु हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिम (एनआरटी) आमनेसामने हुँदैछन्।

यस्तोमा अंकतालिकामा एघारौं स्थानको हिमालयन शेर्पा खेल जितेर एक स्थान माथि उक्लँदै शृंखला अन्त्य गर्ने रणनीतिमा हुनेछ।

१२ खेलबाट ११ अंक बटुलेको हिमालयन शेर्पाले ३ गोलभन्दा कम गोल खाएर आजको खेल जितेमा गोल अन्तरका आधारमा फ्रेन्ड्स क्लबलाई पछि पार्दै दसौं स्थानमा उक्लनेछ।

फ्रेन्ड्सको १३ खेलबाट १४ अंक छ। तर, उसको गोलअन्तर हिमालयन शेर्पाको भन्दा कम छ। हिमालयन शेर्पाको गोल अन्तर –४ रहँदा फ्रेन्ड्सको –७ छ।

Laxmi sunrise bank
kumari

उता एनआरटी पनि आजको खेल जितेर शृंखलाको सुखद अन्त्य गर्ने दाउमा छ। एनआरटीे १५ अंकसहित नवौं स्थानमा छ।

एन्फा कम्पलेक्समै हुने दोस्रो खेलमा चौथो स्थानको थ्री स्टारले आठौं स्थानको च्यासलसँग प्रतिस्पर्धा गर्दैछ।

आज हुने तेस्रो खेलमा जाउलाखेल युथ र मनाङ मर्स्याङ्दी क्लब भिड्दै गर्दैछन्।

अंकतालिकामा तेस्रो स्थानमा रहेको मनाङ लिगको आफ्नो अन्त्य खेल सुखद् बनाउने रणनीतिमा हुनेछ। उता छैटौं स्थानको जाउलाखेल पनि

आजको खेल जितेर पाँचौं स्थानमा रहेर लिग अन्त्य गर्ने रणनीतिमा छ।

 

 

प्रकाशित: Feb 14, 2020| 08:13 शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।