बुधबार, भदौ ३, २०८३

आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे

विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ।
 |  शुक्रबार, फागुन २, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०७६

काठमाडौं– विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ।

फेब्रुअरी १४ मा मनाइने यो दिवस नेपालमा पनि केही वर्षयता विशेष चाडकै रूपमा मनाउन थालिएको छ। यस दिन प्रेमी–प्रेमिकाले एक–अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन्।

यस दिन प्रेमको प्रतीक गुलाबको माग निकै हुने गरेको व्यावसायी बताउँछन्।

भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट सुरु भएको मानिन्छ।

नारीसँगको सम्बन्धका कारण सैनिक कमजोर भएको ठहर गर्दै रोमन सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए। तर, भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लंघन गर्ने घोषणा गरे।

त्यसपछि रोमन सम्राटको निर्देशनमा उनलाई पक्राउ गरियो र मृत्युदण्ड दिइयो।

त्यसको केही दिनअघि फेब्रुअरी १४ मा पादरीले ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए।

प्रेमका लागि भ्यालेन्टाइनको बलिदानको सम्मानमा हरेक वर्ष फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो।

प्रकाशित: Feb 14, 2020| 07:29 शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।