बुधबार, भदौ ३, २०८३

दिनहुँ निर्बाध भित्रिन्छन् चिनियाँ

चीनको वुहान सहरमा कोरोना भाइरसको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउन आनाकानी गर्दै आएको सरकारले चिनियाँ पर्यटक भने दिनहुँ निर्बाध भित्र्याइरहेको छ।
 |  शुक्रबार, फागुन २, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०७६

काठमाडौं– राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई मुख्य समाचार बनाएका छन्।

अन्नपूर्ण पोस्ट दैनिकले ‘निर्बाध आउँछन् चिनियाँ’ शीर्षकको समाचार प्रकाशित गरेको छ।

“चीनको वुहान सहरमा कोरोना भाइरसको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउन आनाकानी गर्दै आएको सरकारले चिनियाँ पर्यटक भने दिनहुँ निर्बाध भित्र्याइरहेको छ। कोरोना भाइरस संक्रमणलगत्तै अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका कतिपय मुलुकले चीनबाट सिधै प्रवेश गर्ने यात्रुलाई रोक लगाएका छन्,” अन्नपूर्णले लेखेको छ।

कान्तिपुर दैनिकले भने ‘सरकारका दुई वर्ष : अर्थतन्त्रमा अलमल’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ।

यस्तै, सोही दैनिकले कुवेतका ‘साउथ अल–मुल्ला सिटी’मा पाइप बिछ्याउन खनिएको खाल्डोमा पुरिएका नेपाली कामदारको उद्धार गरिएको तस्बिर पनि पहिलो पृष्ठमै प्रकाशित गरेको छ। उक्त खाल्डोमा पुरिएर ६ नेपालीको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

नागरिक दैनिकले पनि सरकारको दुई वर्षको समीक्षा गर्दै समाचार लेखेको छ। नागरिकले ‘सरकार–पार्टी सम्बन्धमा उतारचढाव’ शीर्षक दिएर समाचार लेखेको छ।

नयाँ पत्रिका दैनिकले भने ‘केन्द्रको विकास खर्च ७ महिनामा १९ प्रतिशत, प्रदेशको १६ प्रतिशत’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ।

कारोबार दैनिकले ‘८६ अर्बका १२ सय आयोजना अझै रुग्ण’ शीर्षकको समाचारलाई पहिलो पृष्ठमा स्थान दिएको छ। यस्तै, साेही दैनिकले साउदीमा नेपाली कामदारले बढेको तलब नपाएको विषयलाई पहिलो पृष्ठमा प्रकाशित गरेको छ।

प्रकाशित: Feb 14, 2020| 06:45 शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।