बुधबार, भदौ ३, २०८३

कुवेतमा निधन भएका ४ नेपालीको सनाखत

कुवेतमा ढिस्कोमा पुरिएर मृत्यु भएका ६ मध्ये वैदेशिक चार नेपालीको सनाखत भएको छ ।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं– कुवेतमा ढिस्कोमा पुरिएर मृत्यु भएका ६ मध्ये वैदेशिक चार नेपालीको सनाखत भएको छ।

मृत्यु हुनेमा एकबहादुर गाहा (पाल्पा), गंगाराम चौधरी (सिरहा), वसन्त गुरुङ (ताप्लेजुङ) र श्यामनारायण चौधरी (दाङ) छन् । दुई मृतकको भने सनाखत हुन बाँकी रहेको दूतावासले जनाएको छ।

दुई घाइतेमध्ये धर्मेन्द्रकुमार शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको र मनोरथ मण्डल उपचारपछि कम्पनीमा फर्केका छन्।

कुवेतको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्कोले पुरिँदा चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

प्रकाशित: Feb 13, 2020| 23:42 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।