बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सहायक वन अधिकृत र कार्यालय सहयोगी २ लाख घुससहित पक्राउ

सहायक वन अधिकृत र कार्यालय सहयोगी २ लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का सहायक वन अधिकृत र कार्यालय सहयोगीलाई घुस रकमसहित पक्राउ गरेको छ।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का सहायक वन अधिकृत र कार्यालय सहयोगीलाई घुस रकमसहित पक्राउ गरेको छ।

अख्यिारको टोलीले सहायक वन अधिकृत कृष्ण बहादुर देवकोटा (हाल निमित्त कार्यालय प्रमुख) र सोही कार्यालयका कार्यालय सहयोगी प्रमोद कुमार तेलीलाई २ लाख घुसहित पक्राउ गरेको हो।

टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग पटक–पटक घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट गएको टोलीले २ लाख घुस लिइसकेको अवस्थामा उक्त रकमसहित कावासोती नगरपालिका वडा नं. ८ स्थित डिभिजन वन कार्यालय, नवलपुरबाट दुवैजनालाई नियन्त्रणमा लिएको हो। उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित: Feb 13, 2020| 19:33 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।