बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गिरिजाप्रसादबारे प्रचण्डको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

गिरिजाप्रसादबारे प्रचण्डको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बुधबार दिएको एक अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुधबार दिएको एक अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।

'प्रचण्ड'ले पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाबारे दिएको विवादित अभिव्यक्तिप्रति कांग्रेसले आपत्ति जनाएको हो।

बुधबार साँझ प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्ने कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयास गरिएको भन्दै यो अराजनीतिक र आपत्तिजनक रहेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘फौजी आक्रमण अलि बढाइदिनुपर्यो र सदरमुकाम हान्नुपर्यो भनेर गिरिजाप्रसाद कोइरालाले दाहाललाई यदि भनेको भए त्यो संवाद कोइराला जिवित छँदै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो। तर उहाँको निधन भएको यतिका वर्षपछि ऐतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुःखद छ।’

तत्कालीन माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सारेको कांग्रेसले जनाएको छ।

‘ऐतिहासिक तथ्य यो हो कि माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्नु भएको थियो हिंसाको राजनीतिलाई सुरक्षित अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नू आँफैमा विरोधाभासपूर्ण छ।’ विज्ञप्तिमा भनिएकाे छ।

प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जिम्मेवार ढंगले कार्य गर्न कोइरालाले कुनै बेला दहाललाई दिएको सुझाव सार्वजनिक रुपले स्मरण गराउँदै जिम्मेवार अभिव्यक्तिका लागि पनि सजग गराउँदछु।’

प्रकाशित: Feb 13, 2020| 19:18 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।