बुधबार, भदौ ३, २०८३

सुरक्षाका लागि आक्रामक बन्न आइजीपीको निर्देशन

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले जस्तोसुकै सुरक्षा चुनौतीलाई समाधान गर्न उच्च सतर्कताकासाथ आक्रामक रुपमा प्रस्तुत हुन प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिएका छन्।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं - नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले जस्तोसुकै सुरक्षा चुनौतीलाई समाधान गर्न उच्च सतर्कताकासाथ आक्रामक रुपमा प्रस्तुत हुन प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिएका छन्।

प्रहरी प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सद्वारा बिहीबार ७ वटै प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुखहरुलाई ज्ञवालीले उक्त निर्देशन दिएका हुन्।

जस्तोसुकै सुरक्षा चुनौतीको सामना गर्न नेपाल प्रहरी सक्षम रहेको भन्दै ज्ञवालीले आवश्यकता अनुसार प्रदेश र स्थानीय सरकार तथा प्रशासनसँग समन्वय गर्दै उच्च प्रतिफल आउने गरी काम गर्न निर्देशन दिएका छन्।

कुनैपनि घटना, दुर्घटना भएमा तत्काल आवश्यकता अनुसार प्रहरी परिचालन गरी विधि तथा प्रक्रियासम्मत कानुनी कारबाही अगाडि बढाउनुपर्ने उनले निर्देशन दिए। आ–आफ्नो प्रदेशको सुरक्षा चुनौतीको पहिचान गरी उच्च रणनीतिकासाथ समस्या समाधानमा लाग्न पनि उनले निर्देशन दिए।

प्रहरी कारबाहीको क्रममा मानवअधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिँदै ज्ञवालीले हिंसाजन्य क्रियाकलापमा प्रहरीको संलग्नता अक्षम्य हुने बताए। राजमार्ग अवरोध, अवाञ्छित गतिविधिलगायत अन्य आपराधिक गतिविधि नियन्त्रणमा पूर्ण सक्रियताका साथ खटिनु पर्नेमा उनले जोड दिए।

अन्तरक्रियामा निमित्त प्रमुखहरुले आ–आफ्नो प्रदेशको शान्ति सुरक्षा एवं प्रहरीका काम कारबाहीका बारेमा जानकारी गराएका थिए।

प्रकाशित: Feb 13, 2020| 18:46 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।