बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डको अभिव्यक्तिपछि थापाको प्रश्न - के कोइराला आतंककारीका मतियार थिए?

प्रचण्डको अभिव्यक्तिपछि थापाको प्रश्न - के कोइराला आतंककारीका मतियार थिए?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रचण्डले बिहीबार दिएको अभिव्यक्तिमा कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिहीबार दिएको अभिव्यक्तिबारे कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।

'जनयुद्ध'का शहीदको स्मृतिमा बिहीबार आयोजित श्रद्धाञ्जलिसभा कार्यक्रममा प्रचण्डले 'जनयुद्ध'का बेला नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूल्ठूला आक्रमण गर्न सुझाव दिएको दाबी गरेकोमा थापाले त्यसबारे कांग्रेसको धारणा मागेका हुन्।

थापाले 'के कोइराला आतंककारीका मतियार थिए?' भन्दै प्रश्न गरेका छन्। उनले प्रचण्डको पछिल्लो दाबीले बाह्यशक्तिको मतियार माओवादी र माओवादीको हतियार कांग्रेस भन्ने स्पष्ट भएको आरोप लगाएका छन्।

बिहीबारको कार्यक्रममा प्रचण्डले गिरिजाप्रसाद कोइराला र आफूबीच कुराकानी भैरहने र त्यसबेला कोइरालाले जनयुद्धलाई अझ मजबुत बनाउन भन्ने गरेको दाबी गरेका थिए। आफूलाई फौजी आक्रमण बढाउन र सदरमुकाम हान्न कोइरालाले सुझाउने गरेको प्रचण्डको भनाई थियो। 

प्रकाशित: Feb 13, 2020| 17:35 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।