बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेलम्चीको पानीबारे मन्त्रीको श्वेतपत्र, काठमाडौंमा कहिले आउने थाहा छैन

मेलम्चीको पानीबारे मन्त्रीको श्वेतपत्र, काठमाडौंमा कहिले आउने थाहा छैन

मेलम्चीको पानीको व्यग्र प्रतीक्षामा रहेका उपत्यकावासीले तत्काल पानी खान नपाउने संकेत देखिएको छ।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं- मेलम्चीको पानीको व्यग्र प्रतीक्षामा रहेका उपत्यकावासीले तत्काल पानी खान नपाउने संकेत देखिएको छ।

मेलम्ची खानेपानीको काम तिव्र रुपमा भइरहेको भनिए पनि आगामी आर्थिक वर्षमासमेत काम नसकिने संकेत सरकारी श्वेतपत्रमा देखिएको छ।

बिहीबार खानेपानी मन्त्री बिना मगरले श्वेतपत्र जारी गर्दै आगामी असारसम्म मेलम्चीको पानी सुन्दरीजलसम्म ल्याउने घोषणा गरेकी छन्। तर उपभोक्ताको धारामा पानी कहिले झर्छ भन्ने अन्योल भने जस्ताको तस्तै रहेको छ।

खानेपानी मन्त्री मगरले मेलम्ची आयोजनाबारे श्वेतपत्र जारी गर्दै आर्थिक वर्ष २०७६/०७७ भित्र मेलम्चीको पानीका लागि सुन्दरीजलसम्मको सुरुङ परीक्षण तथा सञ्चालन गरिने दाबी गरिन्।

दुई वर्षअघि नै काठमाडौंमा मेलम्चीको पानी आइपुग्ने गरी तयारी भए पनि पछिल्लो समय मेलम्चीको पानी आउने म्याद थपिँदै गएको हो।

मन्त्री मगरले छिटोभन्दा छिटो मेलम्ची आयोजनाको काम सक्न ध्यान दिएको बताइन्।

उनले सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र र बागमती नदीसम्मको आयोजनाको काम पनि असार महिनाभित्रै सकिने बताएकी छन्।

श्वेतपत्र जारी गर्न सिंहदरबारमा आयोजित कार्यक्रममा मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेश्वरप्रसाद खत्रीले ड्याम सक्नका लागि केही समय लाग्ने तर वैकल्पिक ड्यामबाट असार मसान्तसम्म पानी आउने जिकिर गरे।

उनले निर्माण कम्पनीले २–३ महिनामै काम सक्ने कुरामा आफू विश्वस्त रहेको पनि जिकिर गरे।

मन्त्रालयका योजनाअनुसार यो आर्थिक वर्षमा कफरड्याम निर्माण तथा वैकल्पिक पाईप डाईभर्सन संचालन, गेट जडान, मुख्य सुरुङको फिनिसिङ, भेन्ट साफ्ट्स जडान लगायतका काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

त्यस्तै अर्को आर्थिक वर्षमा कफरड्याम र बाँधको निर्माण, इन्टेक तथा पुल निर्माण, हेडवक्र्समा अनुगमन उपकरण जडान लगायतका काम सक्ने लक्ष्य राखिएको छ।

श्वेतपत्रमा काठमाडौंवासीले कहिले मेलम्चीको पानी खान पाउँछन् उल्लेख गरिएको छैन।

प्रकाशित: Feb 13, 2020| 17:32 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।