काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।
आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्षको प्रगति विवरण मन्त्री ओलीले संसदबाट जानकारी गराउने भएका हुन्।
प्रतिनिधिसभाको दिउँसो २ बजे सुरु हुने बैठकमा सार्वजनिक महत्वको विषयमा प्रधानमन्त्रीले बोल्न समय छुट्याइएको छ।
केही साता लगाएर प्रधानमन्त्री कार्यालयले तयार पारेको सरकारको प्रगति विवरण बारे प्रधानमन्त्रीले जानकारी गराउने छन्।