बुधबार, भदौ ३, २०८३

करेन्ट लागेर बालिकाको मृत्यु

कपिलवस्तुको मायादेवी गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

भैरहवा– कपिलवस्तुको मायादेवी गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ।

श्री नेपाल राष्ट्रिय माविमा कक्षा १ मा अध्यनरत ६ वर्षीया बालिकालाई विद्यालय जाने क्रममा बाटोमा रहेको चापाकल चलाएर पानी खान खोज्दा करेन्ट लागेको थियो ।

करेन्ट लागेर विजयकुमार पासीकी ६ वर्षीया छोरी कुसुमको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ।

प्रहरी निरीक्षक अमृत भण्डारीका अनुसार बालिकाले पानी खान खोज्दा करेन्ट लागेर मृत्यु भएको बुझिएको छ।

उनले भने, ‘चापाकलमा जडान गरिएको मोटरमा विद्युत् सर्ट भई करेन्ट प्रवाह भएको देखिएको छ।’ 

विद्यालयले विज्ञप्ति जारी गर्दै बालिकाले चापाकल छुँदा मृत्यु भएको जनाएको छ।

प्रकाशित: Feb 13, 2020| 16:06 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।