बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टुटल र पठाओलाई कानुन बनाएर नियमन गर्न उच्च अदालतको परमादेश

टुटल र पठाओलाई कानुन बनाएर नियमन गर्न उच्च अदालतको परमादेश

टुटल र पठाओलाई यात्रु बोक्ने कार्यमा रोक लगाउन परमादेश माग गर्दै अखिल नेपाल मजदुर संघ ट्याक्सी विशेष जिल्ला कमिटीले दायर गरेको रिटमाथि सुनुवाइ उच्च अदालतले यस्तो आदेश जारी गरेको हो।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं– टुटल र पठाओका नाममा मोटरसाइकलमा भाडा लिएर यात्रु बोक्ने कार्यलाई कानुन बनाएर नियमन गर्न उच्च अदालत पाटनले सरकारका नाममा परमादेश जारी गरेको छ।

टुटल र पठाओलाई यात्रु बोक्ने कार्यमा रोक लगाउन परमादेश माग गर्दै अखिल नेपाल मजदुर संघ ट्याक्सी विशेष जिल्ला कमिटीले दायर गरेको रिटमाथि सुनुवाइ उच्च अदालतले यस्तो आदेश जारी गरेको हो।

‘ट्याक्सी समितिले टुटल र पठाओमाथि रोक लगाउन माग गरेको थियो, अदालतले उक्त माग खारेज गर्दै कानुन बनाएर नियमन गर्दै परमादेश जारी गरेको छ,’ श्रेस्तेदार बाबुराम दाहालले भने।

उच्च अदालतका न्यायाधीशद्वय श्रीमणकुमार गौतम र मीना गौतम सेढाईंको संयुक्त इजलासले बुधबार यस्तो परमादेश जारी गरेको हो।

समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागलगायत ४ निकायलाई विपक्षी बनाई गत मंसिर २२ गते रिट दर्ता गरेको थियो।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ मा निजी प्रयोगको लागि दर्ताको प्रमाणपत्र प्राप्त सवारीलाई निजी सवारी भनिने छ। त्यस्तै उक्त दफाको उपदफा २ मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ भनी स्पष्ट रूपमा उल्लेख गरिएको छ। निजी सवारी भन्नाले रातो प्लेटमा सेतो अक्षर र अंक हुनु पर्नेछ भनी ऐनको अनुसूची–२ को खण्ड ‘ग’मा लेखिएको छ।

यातायात व्यवस्था विभागले तयार पारेको संघीय ऐनको मस्यौदामा राइड सेयरलाई पनि सम्बोधन गरेको छ। 

प्रकाशित: Feb 13, 2020| 15:44 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।